शेयर बजार : नेप्से ३ दिनमा २४ अंकले घट्यो

एजेन्सी, काठमाडौं। पछिल्ला तीन दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २४ अंकले घटेको छ ।

आइतबार नेप्से १२.६१, सोमबार ९.५४ र मंगलबार २.२४ अंकले घटेको हो । मंगलबारको गिरावटसँगै नेप्से परिसूचक १ हजार १ सय ६६.६७ विन्दुमा बन्द भएको छ ।अघिल्लो दिनको तुलनामा यो करिब ०.१९ प्रतिशतले कम हो ।

सो दिन १ हजार १ सय ६८.९२ विन्दुबाट कारोबार सुरु भएको थियो । बजार खुलेदेखि नै नेप्से बढ्न सकेन । करिब १ बजेतिर नेप्से १ हजार १ सय ६१ नजिक ओर्लेको थियो । त्यसपछि भने बजार बढ्यो । यो वृद्धिले नेप्सेलाई करिब १ हजार १ सय ७२ विन्दुमा पुर्‍यायो । कारोबारको अन्तिम समयमा नेप्से फेरि ओरालो लाग्यो र अन्त्यमा १ हजार १ सय ६६ विन्दुमा झरेर बन्द भयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *