‘चपली हाइट ३’ मा स्वस्तिमासँगै सुपुष्पा नायिकामा फाइनल

एजेन्सी, काठमाडौं। निर्माता अर्जुन कुमारले ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा गरेका छन् । मंगलबार प्रेसमिट गर्दै निर्माता कुमारले चपली हाइट ३ निर्माण बारे विस्तृतमा जानकारी दिए ।

एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुन कुमारले नै बनाएको फाटेको जुत्ताबाट निकेशले फिल्म निर्देशनको सुरुवात गरेका थिए । यसअघिका दुई सिक्वेलको लेखन तथा निर्देशन दिपेन्द्र के.खनालले गरेका थिए ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्मबाट फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ भने अर्की नायिकामा फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी सुपुष्पा भट्टलाई फाइनल गरिएको छ ।

फिल्म चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको निर्माता अर्जुनकुमारले बताए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *