आँचल र आश्माको नृत्यमा “१ कान २ कान मैदान” सार्वजनिक

एजेन्सी, काठमाडौं। आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।

मङ्गलवार भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको गीतमा गायक आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी फिचर्ड छन् । गीतको भिडियोलाई भद्रगोलका काकु अर्थात् दीपक आचार्यले निर्देशन तथा गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।

साथै उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *