आगामी ३ दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने

एजेन्सी, काठमाडौं। पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले औसत स्थानबाट केही माथि सरेरको कारण यस्तो भएको हो । महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि नेपाल नजिक रहेको जनाएको छ । सो बुलेटिनमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *