काबुलमा मारिएका कृष्णबहादुरकोे शव चितवन ल्याई अन्त्येष्टि गरियो

एजेन्सी, चितवन। अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको शवलाई रोल्पा लगिएको जनाइएको छ । थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन् ।

थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो । गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाउनु भएको थियो ।

– रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *