नेपाल पर्यटन बोर्डको डेढ अर्ब बढी बजेट भ्रमण वर्षलाई लक्षित

एजेन्सी, काठमाडौं। नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि रु एक अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट ल्याएको छ। बोर्ड सञ्चालक समितिको सोमबारको बैठकले यस वर्षका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो । अघिल्लो वर्षको भन्दा १२ करोड कम बजेट आएको छ । बोर्डले आर्थिक वर्ष २०७५र०७६ मा रु एक अर्ब ७५ करोड बजेट छुट्याएको थियो ।

भ्रमण वर्षसँगै तालीम, ‘डिजिटल मार्केटिङ’ तथा नयाँ गन्तव्यको प्रभावकारी प्रवद्र्धन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले राससलाई जानकारी दिनुभयो । बोर्डले प्रदेश सरकारसँगको साझेदारीलाई ध्यान दिएर बजेट निर्धारण गरेको छ । एक प्रदेशमा रु एक करोडका दरले सातै प्रदेशमा बजेट विनियोजन गरिएको सिइओ जोशीको भनाइ छ । उहाँका अनुसार बजेटमा पर्यटनको बजारीकरण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको विस्तारमा मध्यपूर्वी मुलुकमा विगतको एक कार्यक्रमलाई बढाएर चार वटा पु¥याइएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुक म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा बजारीकरण गर्ने लक्षका साथ बजेट विनियोजन गरिएको छ । बोर्डका जति पनि प्रवद्र्धनका कार्यक्रम रहेका छन् तिनलाई भ्रमण वर्षसँग जोडेर कार्यक्रम गरिनेछ । भ्रमण वर्षका लागि छुट्टै रु १० करोड विनियोजन गरिएको छ । यो भ्रमण वर्ष सचिवालयले खर्च गर्नेछ । बोर्डकै तर्फबाट भ्रमण वर्ष प्रवद्र्धनका लागि रु २५ करोड विनियोजन गरिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *