भक्तपुरबाट कटुवा पेस्तोलसहित १ जना प्रहरी नियन्त्रणमा

एजेन्सी, भक्तपुर। सोमबार भक्तपुर सुर्यविनायक नगरपालिका वडा न.९ भातेढिकुरमा बाटोमा हिँड्डै गरेको अवस्थामा एकजना ब्यक्तिलाई शंकाको आधारमा चेकजाँच गर्दा पेस्तोल फेला परेको छ । बारा जिल्ला फेटा गाउँपालिका वडा न. ३ घर भएका बर्ष ३८ का शम्भु प्रसाद साह कानुलाई महानगीय प्रहरी वृत जागातीका प्रमुख प्र.ना.उ. चक्रराज जोशी सहितको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेको साहको साथबाट ६ राउण्ड गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरिएको छ । थप अनुसन्धानको लागि निजलाई जागाती वृतमा राखिएको छ । साहलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धाका कार्य भइरहेको महानगरीय प्रहरी वृत जागातीमा राखिएको सूचना अधिकृत प्र.ना.उ. रेवती समण पोखरेलले जानकारी दिएका छन् ।

– रामगोपाल तमखु

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *