रोजगारीका लागि मलेसिया पुगेका १ नेपालिको यसरि भयो दुखद निधन

एजेन्सी, काठमाडौं। नेपालबाट बैदेशिक रोजगारको लागि मलेसिया पुगेका एक नेपालीको निधन भएको छ । उनलाई अचानक बिरामी भै छटपटाउन थालेपछि हस्पिटल लागिएको थियो । हस्पिटलमा लगेपछि उनको निधन भएको हो ।नेपालमा भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती (अर्पन) को निधन भएको हो । अर्पन लामो समय देखि मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका थिए । मलेसियामा रहंदा उनले सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। डाक्टरका अनुसार उनको दुवै मिर्गौला फेल भै निधन भएको जनाएको छ ।

आफ्नो दैनिकी डिउटी सकेर कोठामा फर्केपछि अचानक नाक र मुखबाट रगत बग्न थालेपछि उनको उपचारकै क्रममा हस्पिटलमा निधन भएको बिज्ञप्ति सयपत्री युबा क्लबले निकालेको छ । बिज्ञप्तिमा अघि भेनिएको छ उनि अविधानिक भएको कारणले हामीले घटनाको बारेमा नेपाली राजदूतावास खबर गरेका छौ।बिज्ञप्तिमा अघि भनेको छ यो दुखद घडीमा उनको पार्थिव शरीर नेपाल पठाउन आर्थिक समस्या आइपरेको कारण बिभिन्न संघसंस्थाहरुलाई सूचना गर्दै सहयोगको लागि अनुरोध गरेको छ। उनको पार्थिव शरीरलाइ नेपाल पठाउन हस्पिटलले करिव १५ हजार मलेसियन रिङेटको माग गरेका कारण उक्त पैसा संकलन गर्न क्लबले अनुरोध गरेको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *