नेपालमा दर्ता भएको हेलिकोप्टर म्यानमारमा अलपत्र

एजेन्सी, म्यान्मार । नेपालको एउटा हेलिकोप्टर खराब मौसमका कारण केही दिनदेखि पश्चिमी म्यान्मारको सिट्वे विमानस्थलमा रोकिएको छ । सो हेलिकोप्टर राखिने राज्यको सिताउङ्ग र राखाउङ्गको बीचमा पर्ने बुथीदाउङ्गमा सेप्टेम्बर ६ तारेख बिहान ११ बजेतिर अस्थायी रुपमा अवतरण गराइएको थियो । सो क्षेत्रको आसपासमा म्यान्मारको सैनिक र विद्रोही अर्कान सेनाबीच झडपको अवस्था रहेको छ । जब मौसममा सुधार भयो हेलिकोप्टर सो स्थानबाट उडेर ११ः५० बजेतिर सिट्वे विमानस्थलमा पुगेको थियो ।

६ सेप्टेम्बरको २ बजेतिर सो हेलिकोप्टर यांगुनको लागि उडेकोमा २७ मिनेटभित्रै खराब मौसमका कारण सिट्वेमा नै फर्काइएको थियो । हेलिकोप्टरका क्रु मेम्बरलाई कडा सुरक्षाका साथ सिट्वेस्थित होटलमा राखिएको राज्यका प्रहरी इन्चार्ज यायमुग्यी क्यी लिनले बताएका छन् । सरकारी अधिकारीहरुका अनुसार एम आइ—८ एमटिभी—१ नामको सो हेलिकोप्टरको दर्ता नम्बर नेपालको कल साइन ९एन—एएचटी रहेको छ । उक्त हेलिकोप्टर इण्डोनेसियातर्फ जान लागेको थियो । त्यहाँको जंगलमा भएको आगलागीमा सहयोग गर्नका लागि सो हेलिकोप्टर त्यसतर्फ लगिएको जनाइएको छ ।

यांगुनमा भएको इण्डोनेसियाको दूतावासले मागेको अनुमति अनुसार सो हेलिकोप्टर म्यान्मारमा प्रवेश गरेको थियो । यसैबीच राखिनेका सीमा सुरक्षा मामिला सम्बन्धी मन्त्री र अन्य अधिकारीहरु त्यहाँ गएर क्रु मेम्बरलाई भेटी आबश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । (बीएनआई)

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *