युवती अपहरण गरेको आरोपमा ३ जना पक्राउ

एजेन्सी, कैलाली । युवती अपहरण गरेको आरोपमा कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दिप राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई पक्राउ गरेको हो ।

उनीहरुले गएको शनिबारराति धनगढीकी एक १६ वर्षीय युवतीलाई आफूहरु प्रहरी भएको बताउँदै अपहरण गरेका थिए ।

घटनाबारे जानकारी आएपछि २२ गते राति संलग्न तीनै जनालाई पक्राउ र युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीहरु विरुद्ध अहरण, शरीर बन्धक र जबरजस्तीकरणी विरुद्धको मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

– दीपक उपाध्याय

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *