पाइपलाइनबाट पेट्राेलियम आयातसँगै मूल्य पनि घटाइयाे, हेर्नुस् कति कायम भयाे नयाँ मूल्य ?

एजेन्सी, काठमाडौं। भारतबाट आजदेखि आैपचारिक रुपमा पेट्राेलियम पदार्थ पाइपलाइनमार्फत आयात सुरु भएसँगै लागु हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य पनि घटाइएकाे छ ।

मंगलबार (आज) मध्याह्न १२ बजेदेखि नै लागू हुनेगरी डिजेल/मट्टितेल र पेट्राेलमा प्रतिलिटर दुई/दुई रुपैयाँकाे दरले मूल्य घटाएको नेपाल आयल निगमले जनाएकाे छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो। मूल्य घटेसँगै अब काठमाडाैँ थानकाेट डिपाेबाट वितरण हुने डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर ९५ रुपैयाँ र पेट्रोलकाे मूल्य १०७ रुपैयाँ कायम भएको छ ।

यससँगै काठमाडाैँबाहिर रहेका निगमका अन्य डिपाेबाट वितरण हुने पेट्राेलियम पदार्थकाे मूल्य झनै सस्ताे भएकाे छ । निगमले थानकाेटबाहेकका डिपाेका लागि फरकफरक मूल्य निर्धारण गरेकाे छ । जसअनुसार पाेखरा र दाङ डिपाेका लागि डिजेल/मट्टितेलकाे मुल्य रु ९४ रुपैयाँ ५० पैसा र पेट्राेलकाे मूल्य रु १०६ रुपैयाँ ५० पैसा कायम गरिएकाे छ । यीबाहेक अन्य डिपाेका लागि भने डिजेल/मट्टितेलकाे मुल्य रु ९३ रुपैयाँ ५० पैसा र पेट्राेलकाे मूल्य रु १०५ रुपैयाँ ५० पैसा कायम गरिएकाे छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत नियमित रुपमा पेट्राेलियम पदार्थ भित्रयाउँदै छ । पाइपलाइनकाे आजै नेपाल र भारतका प्रधानमन्त्रीमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *