तालीमप्राप्त कुकुरसहित नाकामा खटियाे प्रहरी, लागूऔषध कडाइका लागि चेकजाँच सुरु

एजेन्सी, जनकपुरधाम। जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध लागूऔषध ओसारपसार बढिरहेकाे जनगुनासाे आइरहेका बेला धनुषा प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा सक्रियता बढ़ाएको छ ।

सोमबार देखि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत भारतसँग जाेडिएकाे धनुषाको भररीया नाकामा चेकजाँच कडाई गरिएको छ। चेक जांचको क्रममा तालीम प्राप्त कुकुरको समेत प्रयोग गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतकाे प्रहरी चौकी धनौजी र प्रहरी चौकी देबडिहाको टाेलीले संयुक्त रुपमा अभियानलाई मूर्तरुप दिएको हो ।

नाकामा भारतबाट नेपाल र नेपालबाट भारत आवातजावत गर्ने सवारी साधानसहित सर्वसाधारण व्यक्तिहरुलाई रोकेर खानतलासी गर्न सुरु गरिएको हाे ।

धनुषाको धनौजी गाउँपालिका वार्ड नं. ४ भडरिया स्थित नाकामा प्रदेश प्रहरी कार्यालय जनकपुर र केनाईन शाखा लालगढबाट खटिएको प्रहरी नायब निरिक्षककाे कमाण्डमा लागु औषध चेकजाँच गरिएको हाे ।

चेकजाँचको क्रममा कुकुर सहितकाे टोली परिचालन गरिएको छ । प्रहरी चौकी धनौजी र प्रहरी चौकी देबडिहा युनिट ईन्चार्ज सहितका १६ जना प्रहरीकाे संयुक्त टोली सीमा-नाकामा चेकजाँचका लागि खटिएको हाे ।

– घनश्याम मिश्र

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *