जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त काठमाडाैँबाट पक्राउ

एजेन्सी, काठमाडौं। जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको थापाले बताउनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *