वामदेव गौतमलाई पनि डेंगु !

एजेन्सी, काठमाडौं। नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ। शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ।सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *