हास्य कलाकार हरिवंश आचार्य परिवार सहित ‘मुन्द्रेको कमेडी क्लब’मा

एजेन्सी, काठमाडौं। चर्चित कार्यक्रम मुन्द्रेको कमेडीमा हास्य कलाकार हरिबंश आचर्य परिवार सहित आएका छन् । नेपाल टेलिभिजनबाट हरेक सोमबार राती ८:५० मा प्रशारण हुने कार्यक्रम मुन्द्रेको कमेडीमा हरिबंश आचर्य र रमिला आचर्य पाहुनाको रुपमा आएक हुन् । मुन्द्रेको कमेडी क्लबका दर्शकहरुले हरिवंशलाई अत्याधिक खोजेका थिए । मुन्द्रेको कमेडीमा पनि हरिबंशले दर्शकहरु लाई पेट मिचिमिची हसाएका छन् । पाँच दिदी जन्मेपछि घरमा ‘हरिवंश पुराण’ लगाएर जन्मिएका आचार्यको नाम त्यही पुराणकै नामबाट लिएको हो । तर उनको न्वारानको नाम ‘छत्रनाथ’ हो ।

सुरुमा रंगमञ्चमा मात्र देखिएका आचार्य २०३८ सालपछि ‘मह’ जोडीका रूपमा मदनकृष्ण श्रेष्ठसँग रंगमञ्च, टेलिभिजन, ठूलो र सानो पर्दाका चलचित्रमा उदाउनुभयो । ‘पन्ध्रगते’, ‘दसैँ’, ‘वनपाले’, ‘कान्तिपुर’, ‘लक्ष्मी’, ‘सुर-बेसुर’ जस्ता २५ टेलिचलचित्रमा एवं ‘यमलोक’, ‘विज्ञापन’, ‘दुई सय पाँच’, ‘बोसे आन्द्रेई भुँडी’ लगायत ३२ नाटकको लेखन, निर्देशन र अभियन गर्नुभएको छ । ‘बलिदान’, ‘के घर के डेरा’, ‘लोभी पापी’, ‘सिन्दूर’, ‘फिलिम’ आदि १५ चलचित्रमा उहाँले अभिनय गरेकाक छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *