शेयर बजारमा परिसूचक नेप्से सोमाबार पनि घट्यो

एजेन्सी, काठमाडौं। शेयर बजारमा परिसूचक नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । परिसूचक घट्ने या बढने कुनैपनि बलियो कारण नहुँदा लगानीकर्ताको मनोबल भने कमजोर बन्दै गएको छ । जसले गर्दा कारोबार रकम समेत बढ्न सकेको छैन् ।

घट्दो अवस्थामा रहेको शेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । परिसूचक नेप्से ९ दशमलव ५४ अंकले घटेर १ हजार १ सय ६८ दशमलव ९१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । उत्पादन तथा प्रशोधन समुहमा बाहेक सबै समुहमा गिरावट आउँदा नेप्से दवावमा देखिन्छ ।

लगानीकर्ताको मनोबल बढ्न नसक्दा कारोबार रकम झण्डै ३० करोड रुपैयाँमा सिमित बनेको छ । विश्लेषकहरुले भने शेयर बजारमा कालो धन आउन रोकिएकाले पनि कारोबार न्यून हुँदै गएको विश्लेषण गरेका छन् । सोमबार सबैभन्दा बढी सिभिल बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।

नेप्से दवावमा भएपनि आँधिखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव १८ प्रतिशतले कमाएका छन् । तर युनाइटेड इन्स्योरेन्सका शेयरधनीले ५ प्रतिशत बढीले गुमाएका छन् ।

घट्दो बजारमा शेयर खरिद गर्दा नोक्सानी हुन सक्ने र अझै कति अंकले नेप्से तल झर्छ भन्ने आकलन गर्न नसक्दा लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा देखिन्छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *