हिरोइन भन्दा राम्री जिबनसाथी भित्राएका (तक्मेबुढा) भन्छन : बिहेको खबर लुकाउनुपर्ने कुनै कारण थिएन तर

एजेन्सी, काठमाडौं। चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) विवाह बन्धनमा बाँधिएको खबर सार्बजनिक भए पछी बिवाह बारे मुख खोलेका छन् ।झापाकी सरिना लामा संग बैबाहिक बन्दन मा बाधिएका विल्सन भन्छन – ‘मैले बिहेको खबर लुकाउनुपर्ने कुनै कारण नै थिएन । तर, दुलही पक्षले विभिन्न कारणले सार्वजनिक गर्न नचाहेकाले लुकाएको जस्तो भयो ।’ बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका राईले इलामकी सरिना लामासँग परम्परागत शैलीमा विवाहगरेका हुन् । सात महिनाअघि बिहे गरे पनि केहि दिन अगाडी दुई जनाको तस्बिर सार्वजनिक भएको थियो ।

बिहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् ।सरिना र विल्सन संगै पढेका सहपाठी हुन् ।नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको थियो ।बिहे लगतै उनि हरु हनिमुन मनाउन अस्टेलिया समेत पुगेका थिए ।‘तक्मे बुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्रवेश गर्दा पूर्वी नेपालका चम्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन। तर, समयको गतिलाई पहिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृथक भूमिकामा देखिएका राईले फेरि पछाडि फर्किनु परेन।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *