आजदेखि काठमाडौंका सडकमा विद्युतीय बस चल्दै , बसमा छन् यति धेरै सुबिधा !

एजेन्सी, काठमाडौं। काठमाडौं उपत्यकामा सोमबार (आज) देखि विद्युतीय बस सेवा सुरु हुने भएको छ । एक दशक अघि सरकारी स्वामित्वमा ट्रली बस सेवा सञ्चालन हुने गरेकोमा हाल बन्द छ । अब भने निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय चार्ज मार्फत सार्वजनिक बस सेवा सुरु हुन लागेको हो ।सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको हो । कम्पनीले तत्काल नै सात वटा बसमार्फत सेवा सुरु गर्ने जनाएको छ । प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउने योजना बनाएको छ ।

कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा सञ्चालन गर्नका लागि ल्याइने योजना रहेको जनाएको छ ।सुन्दरले ल्याउने बस ४० सिट क्षमता सम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी तीन किसिमका बस ल्याउनेछ । कम्पनीका अनुसार बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । त्यसबाट यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । गाडीमा सीसी क्यामेरा, जीपीएस, ह्यांगर लगायतको सुविधा रहनेछ ।नेपालमा चल्ने बस यहाँको सडकमैत्री बनाइएको छ ।नेपालका लागि ल्याइएको बसमा छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको जनाएको छ ।विद्युतीय बस वातावरणमैत्री हुन्छन् । बसले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनि पनि ननिकाल्ने भएकाले विश्वभरि नै पछिल्लो पटक विद्युतीय बसको प्रयोग बढेर गएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *