पहिलो पटक नेपालगञ्जबाट भारतको लखनउसम्म सिधा बस सेवा सञ्चालनमा

एजेन्सी, नेपालगञ्ज। पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा आजदेखि सञ्चालनमा आएको छ । भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा सञ्चालनमा आएको हो ।हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ ।

सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।आज यहाँ आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गर्नुभयो ।

– रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *