नादेज्दा कप : कीर्गिस्तानकाे पाेस्टमा नेपालकाे ८ गोल, सावित्राले गरिन् ४ गोल

एजेन्सी, काठमाडौं। कीर्गिस्तानमा भइरहेको नादेज्दा कप महिला फुटबलमा नेपालले कीर्गिस्तानमाथि ८ गोल प्रहार गर्दै जित निकालेको छ । नेपालले पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा २ गोल थप्दै जित निकालेको हो ।

कीर्गिस्तान विरुद्ध नेपाली महिला टिमले आज भएको खेलमा ८-२ को जित निकालेको हो । नेपालको जितमा सावित्रा भण्डारीले मात्रै ४ गोल गरेकी छन् ।

खेलको खेलको तेस्रो मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १४ औँ मिनेटमा फेरी सावित्राले गोल गथरेकी थिइन् । त्यसपछि कीर्गिस्तानले दुईटै गोल फर्काएको थियो ।

नेपालले फेरी २५ औं मिनेटमा दिपा राईबाट तेस्रो गोल र २९ औं मिनेटमा सावित्रा भण्डारीको व्यक्तिगत तेस्रो र खेलका लागि चौँथो गोल गरेपछि २ गोलको अग्रता बनाएको थियो ।

सावित्राको ह्याट्रिक पुरा भएको ६ मिनेटमै अनिता बस्नेतले गोल गर्दै नेपाललाई पाँच दुईको अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेटपछि अर्थात खेलको ३६ औँ मिनेटमा नेपालका लागि कप्तान निरु थापाले ६ टौँ गोल गरेकी थिइन् ।

खेलको ५४ औँ मिनेटमा सावित्राले आफ्नो चौँथो र खेलका लागि ७ औँ गोल फ्रिकिक मार्फत गरिन् । अन्तिममा अनिता बस्नेतले गोल गर्दै नेपाललाई ८ गोलान्तरको जित दिलाएकी हुन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *