धादिङमा बस र ट्रक ठोक्‍किदा १८ यात्रु घाइते

एजेन्सी, नुवाकोट ।धुनिबेशी नगरपालिका-६ धार्केमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ यात्रु घाइते भएका छन्।काठमाडौबाट महादेववेशीतर्फ ग्यास बोकेर लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु बस आपसमा ठोक्‍किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।बस र ट्रकमा सवारमध्ये १८ जना घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको तथा सबै घाइतेको अबस्था सामान्य रहेको बताईएको छ ।

त्यस्तै भरतपुरको चौविसकोठीमा गयराती गुडिरहेको कार विजुलीको पोलमा ठोक्किएको छ । केन्द्रिय बसपार्कबाट नारायणगढतर्फ आउँदै गरेको बा २१ च ७४२ नम्बरको कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा कारका चालक भने सकुशल रहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *