ग्रीन–टी : पिउनुका यी हुन फाइदाहरु, ‘यी ६ समस्याबाट सँधै टाढा राख्छ’

एजेन्सी, काठमाडौं। स्वास्थ्यका लागि ग्रीन–टी निकै लाभदायी मानिन्छ । परिवर्तन भएको समयसँगै पछिल्लो वर्षहरुमा ग्रीन–टी लोकप्रिय बनिसकेको छ । नियमित एक कप मात्रै ग्रीन–टी सेवन गर्नाले पनि तपाई हाम्रो स्वास्थ्यलाई फाइदा पु-याइरहेको हुन्छ । आवश्यकता भन्दा बढी ग्रीन–टीको सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असरसमेत गर्छ । त्यसैले आवश्यकता भन्दा बढी ग्रीन–टी सेवन गर्नुहुँदैन ।

यस्ता छन् नियमित ग्रीन–टी पिउनुका फाइदाहरुः

त्वचामा चमक–
ग्रीन–टीमा एन्टी एजिङ तत्व पाइन्छ, जसको कारण अनुहारमा देखिने चाउरीपनालाई कम गर्छ । त्यस्तै ग्रीन–टीले अनुहारमा चमकता ल्याउँनुका साथै सँधै ताजा राख्छ । शरीर फुर्तिलो पनि हुन्छ ।

मानसिक शान्ति–
काम गरेपछि थकान महसुस हुन्छ, यस्तो अवस्थामा थकानलाई टाढा राख्नका लागि ग्रीन–टी निकै लाभदायी मानिन्छ । ग्रीन–टीमा थेनाइन तत्व हुन्छ, जसले एमिनो एसिड उत्पादन गर्छ । एमिनो एसिडले शरीरलाई सँधै ताजा बनाउँछ र थकानबाट टाढा राख्न मद्दत गर्छ ।

दाँतलाई सुरक्षित राख्छ–
ग्रीन–टीमा पाइने क्याफिनले दाँतमा लाग्ने किराहरुलाई मार्ने काम गर्छ । जसको कारण ब्याक्टेरिया कम हुन्छ र लामोसमयसम्म दाँत सुरक्षित रहन्छ ।

नर्मल ब्लड प्रेसर–
ब्यस्त दैनिकीले उच्च रक्तचापको समस्या प्राय सबैमा हुन्छ । उच्च रक्तचाप अन्य विभिन्न रोगका कारण बन्न सक्छ । त्यसैले उच्च रक्तचापको समस्या छ भने ग्रीन–टी निकै लाभदायी मानिन्छ ।

कोलेस्ट्रोल घटाउँछ–
मुटुका रोगीहरुलाई ग्रीन–टी निकै लाभदायी छ । ग्रीन–टीले शरीरमा हुने खराब कोलेस्ट्रोललाई कम गरी राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । जसको कारण पनि नियमित ग्रीन–टीको सेवन लाभदायी मानिन्छ ।

वजन कम गर्छ–
वजन कम गर्नका लागि ग्रीन–टी निकै लाभदायी छ । ग्रीन–टी पिउनाले शरीरको मेटाबोलिज्म बढाउँछ । जसको कारण पाचन प्रणाली सन्तुलित रहन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *