बजार : आज पनि ह्वत्तै घट्यो सुनको मूल्य

एजेन्सी, काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच यस रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ७१ हजार ५ सयले कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुनको मूल्या घटेको थियो । शुक्रबार ७२ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो ।

उच्च मूल्यमा एक सय रुपैयाँ घटेर बिहिबार ७३ हजार ४ सयमा सुनको कारोबार भयो । शुक्रबार भने १४ सयले घटेर ७२ हजारमा कारोबार भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *