रुसमा नेपाली युवकको हत्या

एजेन्सी, कपिलवस्तु। वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको हत्या गरेका हुन् ।

गत मंगलबार बिहान करिब साढे दुई बजे हत्या भएको हो। मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए। उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफूहरुलाई रुसबाट जानकारी आएको मृतकका भाई श्याम कुमार यादवले जानकारी दिए। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *