मिडिया हबले आफुहरु माथि ज्यादती गरेको भन्दै जिग्री-पाँडे अदालत जाने तयारीमा

एजेन्सी, काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित हास्य टेलिश्रृङखला भद्रगोल हिजोबाट नयाँ टिमका साथ प्रसारण भएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) सहितको टिमले एक्कासी भद्रगोल रोकेपछि मिडिया हबले नयाँ टिमसहित दर्शकमाझ ल्याएको हो । यता नयाँ भद्रगोल प्रसारण भएसंगै जिग्री र पाँडे आक्रोसित भएका छन् ।उनीहरुले मिडिया हबले आफुहरुलाई अन्याय गरेको भन्दै अदालत जाने चेतावनी दिएका छन् । मिडिया हबले नयाँ भद्रगोल पुरानै भद्रगोलको निरन्तरता हो भने झै देखाउँन खोजेपछि उनीहरु रिसाएका हुन् ।

टेलिश्रङखलका परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले सर्जकलाई ढाँटेर छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनाएको भन्दै आपत्ति जनाए । उनले हिजोको नयाँ एपिसोडमा पुरानो भागको क्लिप समेत राखेको भन्दै आपत्ति जनाए ।शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको भन्दै मिडिया हबले आफुहरुमाथि ज्यादती गरेको र आफुहरु अदालत जाने बताए । जिग्रीले सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक समेत आफुहरुले नपाएको बताएका छन् । उनले आफुहरुको सृजना चोरी भएको र बाँकी पारिश्रृमिक पाउँनु पर्ने माग सहित अदालत जाने बताएका छन् । उनीहरुले नयाँ भद्रगोल निर्माणमा संलग्न सबैबिरुद्ध उजुरी दिने तयारी गरिरहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *