मुस्कानमाथि एसिड प्रहार प्रहर गर्ने मुख्य आरोपी माजिद मियाँ हजाम पक्राउ

एजेन्सी, वीरगञ्ज। वीरगञ्ज उपमहानगरपालिकामा शुक्रबार विद्यालय गइरहेकी मुस्कान खातुनमाथि एसिड प्रहार गरेको घटनाका मुख्य आरोपी माजिद मियाँ हजाम पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका १६ मिथिलानगरमा (नारायणी अस्पतालकै पछाडी) एक निर्माणाधीन घरमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो।माजिदका मामा रैफुल आलमले घटनापश्चात् माजिदलाई निर्माणाधीन घरमा लुकाई राखेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

रैफुलले माजिदलाई फोन गरी भगाएका थिए। एक प्रहरी अधिकारीले भने, ‘शंकाको आधारमा आरोपीका मामा रैफुललाई अस्पतालबाटै पक्राउ गरेका थियौं।’पक्राउ परेका रैफुलसँग सोधपुछका क्रममा माजिदलाई लुकाएको उनले बयान दिएका छन्। सोही आधारमा प्रहरीले माजिदलाई पक्राउ गरेको हो।प्रेम प्रस्ताव अस्वीकार गरेपछि माजिदले योजना बनाएर मुस्कानमाथि शुक्रबार बिहान एसिड प्रहार गरी फरार भएका थिए। उनीसँगै अर्का एक आरोपी भने शुक्रबार नै पक्राउ परेसकेका छन्। एसिड आक्रमण मा परी घाइते भएकी मुस्कान खातुनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *