२० करोड लगानीमा सिन्धुलीमा दुई रंगशाला बन्दै

एजेन्सी, काठमाडौं। सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् ।कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए ।

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो ।दुधौली नगरपालिका वडा नं ९ को दुधौली बजार नजिकै ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको सार्वजनिक इकाई धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिएकाे समाचार आजको नागरिक दैनिकले लेखेकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *