ह्वात्तै घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

एजेन्सी, काठमाडौं। आज साताको छैठौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १४ सयले घटेको हो । हिजो बिहिबार प्रतितोला ७३ हजार ४ सय रुपयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १४ सयले घटेर ७२ हजारमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि घटेको छ। तेजावी सुन प्रतितोला ७१ हजार
७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो बुधबार तितोला ९ सय ४० रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको चाँदीको भाउ आज ८९९ मा कारोबार भइरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *