हेमन्त शर्मा र विष्णु माझीको स्वरमा रहेको गीत ‘बनमारा’ सार्वजनिक

एजेन्सी, काठमाडौं। दुर्लभ किसिमको लोक दोहोरी गीत ‘बनमारा’ बजारमा आएको छ । लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा दुर्लभ किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ ।

गायक हेमन्त शर्माले लोक स्वादका गीतहरू गाउँदै आइरहेको भए पनि टिपिकल किसिमको दोहोरी गीत दोहोरी गायिका सँगै युगल स्वरमा रेकर्ड गराएको भने यो पहिलो पटक हो ।

सार्थक डिजिटल प्रालिको प्रस्तुति रहेको बनमारा गीतमा शब्द सङ्गीत र वाद्यवादन संयोजन यम थापाको रहेको छ भने उक्त गीतको भिडियोमा नायक पुष्प खड्का र मरिस्का पोखरेलले अभिनय गरेका छन् । यस्तै शिव विकले कलात्मक रूपमा कोरियोग्राफी गरेको भिडियो नवराज कार्कीले खिचेका हुन् ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *