बैंकहरूले नै गर्दैनन् साइबर सेक्युरिटी बीमा

एजेन्सी, काठमाडौं। नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भए तापनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म कुनै पनि बैंकले त्यस्तो बीमा गराएका छैनन् । यस्तो बीमा गर्नुपर्ने बाध्यकारी नीति पनि छैन ।

नेपाल इन्स्योरेन्सको उक्त ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख अहिलेसम्म एउटा पनि बिक्री भएको छैन । ‘हामीले यस्तो बीमा गराउन पहल गर्दै आएका छौं । तर, अहिलेसम्म कोही पनि यस्तो बीमा गर्न इच्छुक देखिएनन्,’ कम्पनीका नायब महाप्रबन्धक विक्रम पाण्डेले भने, ‘विगतमा भएका विभिन्न साइबर हमलाले यसको महत्व देखाएको छ । सायद, अब विक्री हुन्छ होला ।’

पाण्डेले कुनै पनि बैंकले यस्तो बीमा गर्न नमानेको बताए । ‘बीमा समितिबाट पोलिसी स्वीकृत भएपछि हामीले बैंकहरू र नेपाल बैंकर्स संघलाई बीमा गर्नुस् भनेर प्रस्ताव गर्‍यौं । तर, बैंकहरू यस्तो बीमा गर्न इच्छुक देखिएनन्,’ उनले भने, ‘यस्तो बीमाको बजार सानो र जोखिम बढी भएकाले स्वाभाविक रूपमा महँगो हुन्छ । तर, बैंकहरू बढी महँगो भयो भनेर तर्किए ।’ बैंकहरूले साइबर रिस्क प्रोटेक्टर बीमाको महत्त्व नबुझेको उनको भनाइ छ । याे खबर आजकाे आर्थिक अभियान दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *