विश्वकप कप छनौंट : पहिलाे खेलमै नेपालकाे लज्जास्पद हार, कुवेत ७-० गोलले विजयी

एजेन्सी, काठमाडौं। २०२२ मा कतारमा हुने विश्वकप कप छनौंटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग ७-० गोल अन्तरको लज्जास्पद हार बेहोरोको छ । शनिबार राति कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ० का बिरुद्ध ७ गोललले पराजित गर्न सफल भएकाे हो ।

कुवेतले पुरै खेल आफ्नो कब्जामा राखेको थियो । पहिलो हाफमा २-० गोलका अग्रता बनाएको कुवेतले दास्रो हाफमा ५ गोल थपेको थियो ।

जसमा खेलको छैटौं मिनेटमै कुवेतका युसुफ अल सलमानले पहिलो गोल गरेका थिए भने १३ औं मिनेटमा फाहाद अल हाजेरीले अर्को गोल गरेका थिए । त्यसैगरी खेलको ५० औं मिनेटमा सलमानले अर्को गोल थपे । त्यसको नौं मिनेटपछि अब्दुल्लाह मावीले कुवेतको तर्फबाट अर्को गोल गरेका थिए । यो खेलसँगै कुवेतले ४-० को अग्रता बनाउन सफल भयो ।

६७ औं मिनेटमा बदर अल मतवाले अर्काे गोल गरे । त्यसपछि इन्ज्यूरी समयमा रेदा हानी र हुसेन अल मोसावीले थप एक एक गोल गरेपछि नेपाल ७-० गोलको फराकिलो अंकमा पराजित हुन पुगेको हो । यसअघि यो खेल नेपालमै हुने भनिएतापनि दशरथ रंगशाला पुनर्निर्माण नसकिएकाले गर्दा कुवेतमै खेल्नु पर्ने बाध्यता सिर्जना भएको थियो । फिफा वरीयतामा कुवेत नेपालभन्दा १० माथि रहेको मुलुक हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *