बधाई ! हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) ले इलामकी सरिनासँग कसे लगनगाँठो

एजेन्सी, काठमाडौं। चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) विवाह बन्धनमा बाँधिएका छन् ।बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका राईले सरिना लामासँग बिहे गरेका हुन् । सात महिनाअघि बिहे गरे पनि हालै मात्र दुई जनाको तस्बिर सार्वजनिक भएको छ ।इलामकी सरिना र विल्सनको परम्परागत शैलीमा विवाह भएको बताइन्छ । बिहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ ।

एक वर्षयता विल्सनले राम्रा चलचित्रमा अभिनय गर्न पाइरहेका छैनन् । फुर्सदकै बेला उनले सुटुक्क बिहे गरेको उनी निकट कलाकारहरूको भनाइ छ ।‘तक्मेबुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्रवेश गर्दा पूर्वी नेपालका चम्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन। तर, समयको गतिलाई पहिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृथक भूमिकामा देखिएका राईले फेरि पछाडि फर्किनु परेन। उनी नेपाली कला क्षेत्रमा सबैभन्दा लोकप्रियमध्येका एक कलाकारको रुपमा दरिन पुगेका छन्।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *