तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

एजेन्सी, काठमाडौं। मलेसियामा एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा आफूले काम गर्ने अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेका छन् ।प्रहरीले घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने खुलाएउकाे छैन ।सोमबार दिउँसो भएको घटनामा अपार्टमेन्टका सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ मारिएका हुन् ।

उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो ।सिसिटिभी फुटेजमा भदौ १५ गते सुपरभाइजर ५४ वर्षका ली पो मेङलाई हेलमेटले कुटेको देखिन्छ।‘सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी अधिकृत मोहम्मद जानी चे दिनले सञ्चारमाध्यमलाई भनेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *