पाकिस्तानमा पहिलो पटक हिन्दु महिला बनिन प्रहरी अधिकृत

एजेन्सी, पाकिस्तान। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिन्दुहरुको पक्षमा अवाज उठाउन थालेपछि पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदाका युवायुवतीहरुले पनि सरकारमा सहभागिता जताउन थालेका छन्।हालै पाकिस्तानको इतिहासमा पहिलो पटक हिन्दु महिला प्रहरी अधिकृतमा नियुक्त भएकी छिन्। पाकिस्तानको सिंध प्रान्तमा हिन्दु युवती पुष्पा कोहली प्रान्तीय प्रहरीको प्रहरी साहेक अधिकृतमा नाम निकाल्न सफल भएकी हुन्।प्रान्तीय प्रतिस्पर्धी परीक्षामा पुष्पा कोहली नाम गरेकी हिन्दु महिलालेले सयौं प्रतियोगीलाइ उछिन्दै प्रहरी सहायक उपनिरीक्षक (एएसआइ) मा नाम निकालेकी हुन् ।

यसै बर्ष जनवरीमा सुमन पावन नामकी अर्की हिन्दु महिला पनि नागरिक तथा न्यायिक अधिकारीको रुपमा नियुक्त भएकी थिइन।हिन्दु तथा अल्पसंख्यक समुदायप्रति उदार नीति लिएका इमरान खानेले यसै बर्ष पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान हिन्दु धर्मको बारेका टिप्पणी गर्दा मन्त्री पदबाट हटाएका थिए। इमरान खानले अल्पसंख्यक समुदामा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिदै आएका छन्।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *