कतार विश्वकप फुटबलको छनोटका लागि आज नेपाल र कुवेत भि*ड्दै

एजेन्सी, काठमाडौं। कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ ।कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ। पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’मा छ ।नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत,जोर्डन र चाईनिज ताईपे समावेश छन् ।नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ। फिफा र बरियतामा नेपाल भन्दा कुवते दस स्थानमाथि रहेको छ ।

नेपालमा वरियता १ सय ६६ र कुवेतको १ सय ५६ रहेको छ । कुवेतको मौसममा अनुकुल हुनका लागि नेपाली टिम चार दिन अघि नै कुवेत पुगिसकेको छ । यो खेलमा सन् २०२३ मा हुने एशिया कपको पनि छनोट खेलको रुपमा रहेको छ ।उता एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ ।विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो ।

कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ ।कतार विश्वकपको प्रतिकअरब संस्कृतिको आधारमा वुलन शलमा विन्टर सिजनको रिफ्लेक्ट हुने गरी निर्मित गरिएको छ ।पहिलोपटक विन्टर सिजनमा हुने कतार विश्वकप २१ नोभेम्वरमा शुरु भएर १८ डिसेम्वरमा समापन हुनेछ । १८ डिसेम्वर कतारको राष्ट्रिय दिवस हो ।कतारले २०१० मा नै २०२२ मा विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । विश्वकप आयोजनाको लागि अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई भोटिङमा पछि पारेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *