अनुदान रकम नपाएको भन्दै उखु किसान आन्दोलित

एजेन्सी, कपिलवस्तु । सरकारबाट पाउने दुई करोड पचास लाख रकम अनुदान नपाएको भन्दै कपिलवस्तुका किसानले राजमार्ग अवरुद्व पारेका छन् । कपिलवस्तु किसान संघको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा राजमार्ग बन्द गराएका छ्न ।

५ वर्ष वितिसक्दा पनि सरकारले उखु प्रवर्द्धन वापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको बिरोधमा किसानहरुले चक्काजाम गरेका हुन् ।

उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाएको भन्दै राजमार्ग ठप्प गरेका हुन् । जिल्लाको चन्द्रौटामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सवारी साधन ठप्प भएका छन् ।

– मनोज श्रीवास्तव

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *