बलिउड : ‘साहो’को टिमलाई फ्रेन्च निर्देशक जेरोमको आग्रह– ‘चोरी गर्दा पनि ठीक तरिकाले गर्नु’

एजेन्सी, काठमाडौं। साउथका सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुर स्टारर् फिल्म ‘साहो’ गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम भाषामा रिलिज भएको ‘साहो’ले बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरिरहेको छ । तर, सोसल मिडियामा ‘साहो’को बारेमा नकारात्मक टिप्पणी भइरहेको छ ।

रिलिजमा आएको तीन÷चार दिनमै कयौं बक्स अफिस कलेक्शनहरुको रेकर्डहरु तोडिरहेको समयमा एक फ्रेन्च निर्देशकले ‘साहो’लाई चोरीको आरोप लगाएका छन् । फ्रेन्च निर्देशक जेरोम सल्लीले प्रदर्शनरत प्रभाषको ‘साहो’ले उनको फिल्म ‘लार्गो विंच)को कपी गरेको आरोप लगाएका छन् ।

निर्देशक सल्लीका अनुसार चोरी पनि बेकार तरिकाले गरिएको छ । सोही कारण उनले सोसल मिडियामा लगातार ‘साहो’को बारेमा नकारत्मक टिप्पणी गरिरहेका छन् । यो भन्दा पहिल्यै पनि तेलुगु निर्देशकहरुले जेरोम सल्लीको फिल्मलाई कपी गरिसकेका छन् । उनले ट्वीट गर्दै भनेका छन्– ‘लार्गो विंचको ‘फ्रीमेक’ जस्तो लाग्छ, जुन पहिलो भन्दा पनि निकै खत्तम बनाइएको छ । कृपया तेलेगु निर्देशकहरु ! यदि मेरो कामलाई चोरी गर्नुहुन्छ भने सही तरिकाले चोरी गर्नुस् ।’

त्यस्तै उनले थपेका छन्– ‘र मेरो ‘भारतीय करियर’को सुरुवात मुस्किलमा छ । सरी, यस मामलामा तपाईलाई कुनै मद्दत गर्न सक्दिन ।’ जेरोम सल्लीको यस ट्वीटमाथि विश्वभर कमेन्ट गरिरहेका छन्, तर ‘साहो’ फिल्मको निर्माण टिम भने मौन छ ।

यो भन्दा पहिल्यै अभिनेत्री लिजा रेले पनि ‘साहो’माथि एक आर्टिष्टको आर्टवर्क कपी गरेको आरोप लगाएकी थिइन् । उनले पेन्टिङसँगै ‘साहो’को एक सिनको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आरोप लगाएकी थिइन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *