बलिउड : बाहुबलीको रेकर्ड ब्रेक गर्ने भनी प्रचार गरिएको साहोले कति कमायो ?

एजेन्सी, काठमाडौं। तेलेगु स्टार प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो यतिखेर प्रदर्शनमा रहेको छ । रिलिज अगावै लगानी समेत उठाइसकेको यस फिल्मले अहिलेसम्मकै सर्वाधिक शो पाएको थियो। पहिलो दिन बक्स अफिसमा ८८ करोड रुपैयाँको व्यापार गरेको साहोले दोस्रो दिन भने ५२ करोडमा सीमित भयो ।

फिल्मको हिन्दी भर्जनले दोस्रो दिन २५।२० करोड रुपैयाँको व्यापार गरेको भारतिय मिडियाले जनाएको छ । सर्वाधिक शो पाएको यस फिल्मले अपेक्षा गरे अनुसारको ब्यापार दोस्रो दिन भने गर्न सकेन । नेपाल समाचारपत्रमा खबर छ ।

यस फिल्म तीन भाषा हिन्दी, तमिल र मलयालममा तयार भएको छ । फिल्ममा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *