नेपाली म्युजिक : गायक कृष्ण काफ्लेको स्वर रहेको रोमान्टिक गीत ‘मेरो मुटु’ सार्वजनिक

एजेन्सी, काठमाडौं। गायक कृष्ण काफ्लेको स्वर रहेको रोमान्टिक गीत ‘मेरो मुटु’को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्दमा दीपक शर्माको संगीत रहेको उक्त गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । गीतको सार्वजनिक भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् ।

पोखरा र ललितपुरको बज्रवाराही आसपासमा छायांकन गरिएको भिडियोमा अनीश बिक्रम शाह र भूमिका केसीको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल निर्देशक अधिकारीले पछिल्लो समय फिल्मी शैलीमा भिडियोहरु निर्देशन गर्दै आएका छन् ।

‘गीत सुन्दै गर्दा गीतको धुनले जती मनमा शान्ती प्रदान गर्छ, त्यसको भिडियो हेर्दा आँखालाई शितलता प्राप्त हुनु पर्छ । त्यसैले पछिल्लो समय भिडियोको प्रस्तुतीकरणलाई विशेष ध्यान दिने गरेको छुु ।

निर्देशक अधिकारीले भने । ‘पर्ख पर्ख मायालु’ गीत जस्तै रोमान्टिक शैलीको ‘मेरो मुटु’ गीतलाई पनि दर्शकहरुले मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छु भन्दै गायक काफ्लेले यो गीतबाट आफुले निकै आशा गरेको बताए ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *