नेपाली म्युजिक : मेलिना राईको नयाँ गितमा दिपक र सृष्टि

एजेन्सी, काठमाडौं। दिपक ओलीको शब्द संगित रहेको अनि गायिका मेलिना राई र गायक प्रेम राइको स्वर रहेको राम राम तिम्रो कसम ढाटे मरिजाउ बोलको गितसंगै भिडियो सार्बजनिक भएको छ ।इटहरीको गोकुलम रिसोर्टमा सुटिङ भएको गितमा समीर सुवेदी र सृस्टि रिजालको अभिनय देख्न सकिने छ । समीर सुवेदी र सृष्टि रिजालको पहिलो पल्ट गितमा अभिनय रहेको छ ।

हरेन्द्र खत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियो पुर्बमै सुटिङ भएको हो । समीर सुवेदी सञ्चारकर्मी तथा समाजसेवी हुन उनि बिगत आठबर्ष देखि विभिन्न हास्य टेलिशृन्खलामा देखा पर्ने गर्थे र अहिले हास्य टेलिशृन्खला दोबाटेमा निरन्तर चिबे बुढोको भुमिकामा देखिन्छन । उनले सडकमा गाउने बाल गायक बिक्रम लावती लिम्बुलाइ सडकबाट उठाएर धेरैमाझ पुर्याएर अहिले पढाइरहेका छन ।

बिक्रमलाई काठमाडौ पुर्याउने क्रममा विभिन्न मिडियामा देखा परेपछी उनलाई गितमा अभिनय गर्ने अवसर आएको थियोे र त्यो अवसरलाई स्वीकार गरेर समिरले पहिलो पटक अभिनय गरे ।समीर सानो ठाउँबाट संघर्ष गर्दै गरेका कलाकार हुन । उनी सानैबाट कलाकार बन्छु नै भनेर प्रण गरेर आएका हुन । मेलिना राईको स्वर रहेको सुन्दर गितमा नब प्रतिभा प्रेम राईले मेलिनालाई साथ दिएका छन । भिडियोमा धेरैजना कोरस कलाकारहरुको अभिनय पनि देख्न सकिन्छ । भिडियोमा बिर्तामोडका काले दाइले नचाएका सोम मगरातीले श्रिङ्गार गरेका र शिरकुमार साम्पाङ राइले क्यामेरामा कैद गरेका थिए ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *