ऋण दिने नाममा २५ गाउँ ठग्ने श्याम परदेशी पक्राउ

एजेन्सी, काठमाडौं। सर्वसाधारणलाई ऋण दिएवापत नक्कली कागज बनाएर ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन् । प्रदेशीलाई आइतबार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको हो ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिनुभएकाे थियाे ।

‘४ लाख दिएर १५ लाखको कागज गराएको भनी ठगीमा उजुरी आएकाले पक्राउ गरेका हौँ,’ सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले भन्नुभयाे ।

उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । पीडितहरुले गत मंगलबार राजधानीमा परदेशीविरुद्ध पत्रकार सम्मेलन गरेर आफूहरुलाई न्याय दिलाउन सरकारसँग अपिल समेत गरेका थिए ।

जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो ।

परदेशीले गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *