बलिउड : प्रभासको ‘साहो’ ले बक्स अफिसमा गर्यो कमाल, दोस्रो दिन यती कमाइ !

एजेन्सी, काठमाडौं। प्रभासको ‘साहो’ ले बक्स अफिसमा राम्रै कमाइ गरेको छ । फिल्मले शनिबार मात्रै ५०–५५ करोड भारुको कमाई गरेको छ । यससँगै, साहोले देशभरी दुई दिनभित्रै १४० करोडको कलेक्सन गरेको छ ।

२४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ ।

फिल्मको हिन्दी संस्करणले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ । फिल्ममा प्रभास र श्रद्धा कपुरको अभिनय रहेको छ । कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *