नेपालकै सबैभन्दा अग्लो व्यक्तिलाई हाईट अनुसारको बेड नपाएर समस्या

एजेन्सी, काठमाडौं। नेपालकै सबैभन्दा अग्लो व्यक्ति राजन अधिकारी पहिलो पटक मिडियामा आएका छन् । इटहरीबाट काठमाडौंमा एक कामको शिलशिलामा आएका राजन अधिकारीले शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा आफ्नो कुराकानी राखेका हुन् । ७ फिट ३ इन्च हाईट भएका राजन नेपालकै सबैभन्दा अग्लो र बिश्वकै तेस्रो अग्लो व्यक्ति आफु भएको बताउँछन् । कुराकानीकै क्रममा उनले अग्लो हुनुको फाईदा र बेफाईदा पनि बताए ।

४२ बर्षका राजन अधिकारीलाई अहिले हिड्नका लागि राम्रो आफु सुहाउँदो बाईक नभएको र शरीरमा पनि बिभिन्न रोगहरु रहेको बताए । उनी ४२ बर्षको भएपनि ६० कटेको व्यक्तिलाई जस्तो थकान महसुस हुने र पिडा हुने बताए । हड्डीमा पनि समस्या रहेकाकारण उनी काठमाडां प्रधानमन्त्रीलाई भेट्न आएका हुन् ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *