के तपाईलाई ढाड दुख्ने समस्या छ ? अपनाउनुहोस् यी उपाय

एजेन्सी, काठमाडौं। अहिले रोग बिना नै मानिसलाई ढाड दुख्ने गर्दछ । ढाड दुख्ने नै एउटा रोग झै भएको छ । कम उमेरका ब्यक्तिमा पनि ढाड दुख्ने समस्याले सताउने गरेको पाईन्छ । तपाईंपनी कतै यस्तै रोगको सिकार त हुनुहुन्न रु यदी तपाईको पनि ढाड दुख्ने समस्या छ भने यस्तो गर्नुस् ।

लसुनका एन्टीसेप्टिक गुणले पीडा कम गरिदिन्छन् । एक जारमा ४०० ग्राम लसुनलाई मसिनो गरी काटेर एक लिटर काँचो सूर्यमुखी तेल हालेर भाँडोलाई मज्जाले बन्द गरिदिनुस् । यो भाँडोमा घाम पर्न नदिनुस् र दिनदिनै यसलाई हल्लाउनुस् । पछि यसलाई छानेर तेल निकाल्नुस् र दुई महीनासम्म दिनदिनै बिहान बेलुका मालिश गर्नुस् ।

मनतातो पानीमा सीधे नून हालेर नुहाउनुस् । यसले आराम दिन्छ ।तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खानुस् । यसले पनि ढाड दुख्नबाट जोगाउँछ ।जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खानुस् । यसो गर्दा पनि ढाड दुख्ने समस्या केही दिनमा निको हुन्छ ।

एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खानुस् । आराम हुन्छ ।तातो पानीले सेक्दा पनि पीडाबाट मुक्ति पाइन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *