कलिउड : फिल्म ‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक, घुम भित्र केकी

एजेन्सी, काठमाडौं। फिल्म ‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। दिपक राज गिरी र दिपा निरौलाको फिल्म ‘छ माया छपक्कै’को फर्स्ट लुक्सको रुपमा एक पोस्टर सार्वजनिक भएकाे हाे ।

सार्वजनिक पोस्टरमा केकी अधिकारी, दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे अटिएका छन्। पोष्टरमा केकीले घुम ओडि रहेकी छिन् भने दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे डोकामाथि हात राखि केकी तिर नजर लगाईरहेका छन् ।

फिल्म ‘छ माया छपक्कै’ लाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । रोहित अधिकारीको लगानी रहेको फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको सह निर्मातामा सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् ।

दिपक राज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, दिपा श्री निरौला लगायत कलाकारको अभिनय रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *