बजार : लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च

एजेन्सी, काठमाडौं। पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो ।तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक हजारले वृद्धि भई रु ७० हजार ७०० पुगेको छ । सोमबार तेजावी सुन प्रतितोला र ६९ हजार ७०० मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला रु ८३५ पुगेको छ ।

लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ । विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

– रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *