अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने

एजेन्सी, काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने दावी गर्नुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री भट्टराईले गौरवको आयोजना हुँदा लगानी नजुटेपनि सरकार आफैले निर्माण गर्न सक्ने बताउनुभएको हो ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको पूर्व तयारीका काम सम्पन्न गरेर आगामी मंसिरमा शिलान्यास गरिने घोषणा समेत गर्नुभयो । नेपाली प्राविधिकहरु पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले लगानी नजुटे स्वेदश्ी प्राविधिकको सिप प्रयोग गरेर भएपनि विमानस्थलको निर्माण सम्पन्न गर्ने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई ब्यवस्थित गरिने समेत बताउनुभयो । यस्तै, १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बनाउने हुँदा वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने समेत उहाँको भनाइ थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *