पर्व : चाँदनी समाज सेवाले इलाम बजारमा लाखेनाच देखायो

एजेन्सी, इलाम। लाखेनाचको संरक्षण गर्ने उद्देश्यका साथ चाँदनी समाज सेवा सङ्खुवासभाको चैनपुरबाट इलामसम्म आइपुगेको छ । इलाम बजार र फिक्कल बजारमा लाखेनाच देखाउनको लागि चैनपुरबाट ८ जनाको टोली सोमबाट इलाम आएका थिए, भने मंगलबार इलाम बजारमा लाखेनाच प्रस्तुत गरेका छन् ।

चाँदनी समाज सेवाले बुधबार इलामकै फिक्कल बजारमा लाखेनाच देखाउने कार्यक्रम रहेको पनि समाज सेवाका अध्यक्ष नारायण श्रेष्ठले बताए । लाखेनाच लिएर इलामसम्म आउँदा धेरै माया पाएको र इलामेली जनताले सकारात्मक रुपमा लिएको पनि उनले जनाए ।

– विनय तिम्सिना

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *