शेयर बाजर : नेप्से घट्यो, कारोबार बढ्यो

एजेन्सी, काठमाडौं। मंगलबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ । कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । माछापुग्छ«े बैंकको र लक्ष्मि बैंकको कारोबार उच्च भएपछि कारोबार रकम भने केही बढेको छ ।

मंगलबार शेयर बजारमा परिसूचक नेप्से २ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ३१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । परिसूचक नेप्से घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । १ सय ५६ कम्पनीको ४८ करोड १६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

म्यूचुअल फण्ड समुहबाहेक कारोबारमा आएका सबै समुहमा गिरावट आएको छ । माछापुच्छ«े बैंकको मात्रै शेयर कारोबार झण्डै १३ करोड रुपैयाँको भएको छ । लक्ष्मि बैंकको कारोबार पनि ८ करोड ६१ लाख रुपैयाँ बराबरको भएको छ । बैंकर्सहरुले राष्ट्र बैंकलाई स्प्रेडदर गणना गर्ने नयाँ सुत्र लागु नगर्न सुझाव दिएपनि राष्ट्र बैंकले नयाँ सुत्र नै लागु गरेपछि लगानीकर्ता हच्किएका छन् ।

यध्यपि केही राम्रो वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुको कारोबार भने तुलनात्मक रुपमा बढी छ । यसले गर्दा करोबार रकम बढेको छ । तर विक्रीकर्ताको संख्या अत्याधिक भएकाले माग भन्दा आपूर्ति बढी हुन गई नेप्से दवावमा देखिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *