दही : प्रोटीन र क्याल्सियमले भरिपुर्ण, गर्छ आश्चर्यजनक फाइदा

एजेन्सी, काठमाडौं। दूध र दही मन नपर्ने प्रायस् हुन् मुस्किल नै हुन्छ । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ ।

यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् । दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ ।अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न यसले मद्दत गर्छ । दूध छिट्टो पच्दैन र कब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ ।

खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ । एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भाृजनको समयमा दही पिउनुभयो भने तपाईंलाई फाइदा हुन्छ । तर यसको मात्रा तपाईंले खाने अन्य कुराको हदले निर्धारण गर्ने हो । राति कहिल्यैपनि दही खानु हुँदैन । मासु खानुभएको छ त बिर्सेर पनि दूध वा दही नखानुहोला । अनि बासी दही कदापि नखानुस् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *